परराष्ट्रसचिव लम्सालले सम्हालिन् कार्यभार

नवनियुक्त परराष्ट्रसचिव सेवा लम्सालले शुक्रबार परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेकी छन् । कार्यभार सम्हालेपछि उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता जनाइन् । वैश्विक संकट विद्यमान रहेका वेला...

सम्बन्धित सामग्री

गौतमबुद्ध र पोखरा विमानस्थलका लागि नयाँ अन्तरराष्ट्रिय हवाईरुटबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री डा‍. विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा. पौड्यालले जानकारी दिइन् । उनले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तरराष्ट्रिय हवाईरुटका सम्बन्धमा समेत छलफल भएको बताइन् ।  भेटमा नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो ।  भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तरराष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राखेको बताइन् ।   भारतका विदेश सचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आएका हुन् । नेपाल आएलगत्तै उनी सचिवस्तरीय बैठकमा सहभागी भएका थिए ।  सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।  विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

पौड्याल परराष्ट्रसचिव सहकर्मीहरूलाई निर्देशन- राष्ट्रिय स्वार्थमा खरो उत्रिनूस्

नवनियुक्त परराष्ट्रसचिव भरतराज पौड्यालले शुक्रबार कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई