नाइजेरियामा हिंसात्मक घटना बढ्दै, दुई कारागार अधिकारीको गोली हानी हत्या

काठमाडौं- नाइजेरियाको दक्षिणी राज्य इमोमा दुई कारागार अधिकारीको गोली हानी हत्या गरिएको छ । कारागारका दुई अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीहरूले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले जनाए । उनले घटनाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताएका छन् । बुधबार नाइजेरियको नाइजर राज्यस्थित नाग्मा प्रहरी चौकीमा आक्रमण […]