भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका छोरा १० वर्षका रोजनको शव भेटिएको हो । शुक्रबार अन्दाजी ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाउँ तथा साथीभाईसँग बुझ्दा समेत फेला नपरेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएक