पूर्वी नाका काँकडभिट्टामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १ नं प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार हाल महिला तथा बालबालिकालाई अवैध श्रम र शोषणका लागि भारत लैजाने कार्यमा संलग्न गिरोहले काँकडभिट्टाको साटो भारतको विहार प्रदेशसँग जोडिएका नाका प्रयोग गर्न थालेका छन् । काँकडभिट्टा मानव बेचबिखनका लागि भारत लैजान प्रयोग हुँदै आएको पुरानो नाका हो । पश्चिम तथा पूर्वी नेपालका दर्जनौँ पहाडी जिल्लाका कि