बद्लिएको परिस्थितिबारे निर्णय गर्न एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ। ५ वजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी शुरु भएको हो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने उक्त बैठक बहिस्कार गरेका छन्। नेपाल आफ्नै निवासमा चलिरहेको गठबन्धनको बैठकमा सहभागी छन्। एमालेको आइतवारको १० बुँदे सहमतिपछि नेपाल पनि बैठकमा…

सम्बन्धित सामग्री

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) काे स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनको ठोस योजना बनाउन पार्टीले आज (मंगलबार) देखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । मंगलबार स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ […]

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं, ७ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आज बस्ने बैठकमा आसन्न चुनावबारे छलफल हुनेछ । पार्टीले चुनाव केन्द्रीत चरणबद्ध बैठक सुरु गरेको हो ।

निर्वाचन केन्द्रित कार्ययोजना बनाउन एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । महाधिवेशनपछि एमाले स्थायी कमिटीको बैठक पहिलोपटक बस्न लागेको हो । महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन् । बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस […]

एमालेको स्थायी कमिटी बैठक स्थगित, फेरि आजै बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेरको लागि स्थगित भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको हो ।  अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूसँग दशौं राष्ट्रिय महाधिवेशनको बारेमा छलफल गर्ने कार्यक्रम भएकाले केहीबेरको लागि बैठक स्थगित भएको एमाले नेताहरूले बताएका छन् ।  एमालेको महाधिवेशनको उद्घाटन, बन्दसत्र सञ्चालन, महाधिवेशन प्रतिनिधि मनोनयनलगायतको विषयमा छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको थियो ।

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको छ । मंगलबारको बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताएका […]

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

१ साउन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ । […]

एमालेको स्थायी कमिटी बैठक आज ४ बजे बस्दै

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। पार्टी एकता र आन्तरिक विवादबारे छलफल गर्न आज अपरान्ह ४ बजेपछि बैठक बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। यसअघि आन्तिक विवादका कारण स्थायी कमिटीको बैठक पटक-पटक स्थगित हुँदै आएको छ। आन्तरिक विवाद मिलाउन एमालेका दोस्रो तहका नेताहरु सक्रिय भएका छन्।

एमालेको स्थायी कमिटी बैठक चल्दै, कारबाही फिर्ता हुन सक्ने

काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा अहिलेको राजनीतिक अवस्था र पार्टीको असन्तुष्ट पक्षलाई मनाउने विषयमा छलफल भइरहेको छ । माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले नेपाल पक्षका नेतालाई गरेको कारबाही फिर्ताको निर्णय गर्न सक्ने एक नेताले बताएका छन् । स्थायी कमिटीको बैठक चलिरहँदा ओली पक्षका नेता विष्णु पौडेल माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास जानुभएको छ ।