स्पञ्ज आइरन आयातमा छुट : बढ्यो राजस्व, थपियो नयाँ उद्योग

सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा छुट दिँदा राजस्वमा सङ्कलनमा समेत वृद्धि भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष २०७८/७९ का लागि  प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने जनाउँदै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार तथा अन्तःशुल्क छुटको व्यवस्था गरेका थिए ।सो व्यवस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको पाइएको हो । भन्सार विभागले सार्वजनिक गरेको गत आव