गृहमन्त्री र सीके राउतकाे पार्टीबीच वार्ता, माग सम्बाेधन गर्न सरकार सकारात्मक

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले सीके राउत नेतृत्वको जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिनुभएको छ ।  गृह मन्त्रालयमा सरकार र सीके राउत नेतृत्वको जनमत पार्टीबीच आज शुक्रवार भएको भेटवार्तामा गृहमन्त्री खाणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिअनुसार कानुनतः फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताउनुभयो । उहाँले निर्वाचन आयोगमा दल दर्ता गर्दै चुनावमा भाग लिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताउनुभयो ।  भेटमा जनमत पार्टीका नेताले आउँदो पालिका च...