ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकिए

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मङ्गलवार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा बिग्रेड ब्वाइज र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीले गोलका राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजकाे बराबरीसँगै ब्रिगेड ब्वाइजको ११ खेलमा सात अङ्क भएको छ भने च्यासलको ६ अङ्क छ । दुवै रेलिगेशन जोनमा छन् । आज भएको अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लबको खेल पनि रोमाञ्चक बराबरीमा सकिएको छ । जावलाखेलसँग फ्रेन्ड्सले तीन–शून्य को अग्रता ...