मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १.४९ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा २६.७९ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको बैंकले यता सञ्चालन नाफा २.६६ प्रतिशतले वृद्धि गर्दै क्रमशः २४ अर्ब २ करोड ३४ लाख रुपैयाँ र १ अर्ब ८९ करोड ४७ लाख ८१ हजार रुपैयाँ कमाएको छ । यस अवधि