संविधान अनुसार तीनै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : मन्त्री कार्की

काठमाडौं : सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधान अनुसार तीनै  तहको चुनाव गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय, प्रदेश र संघको चुनाव संविधान अनुसार समयमै हुने बताए। ‘सरकार संविधानको भावना अनुसार मुलुकलाई अघि बढाउन प्रतिवद्ध छ’, उनले भने, संविधान र कानुनमा केही द्विविधा देखिएको छ, त्यसलाई मिलाएर जाने विषयमा छ