पाकिस्तानी क्षेत्रबाट अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा रकेट प्रहार भएको अफगान तालिवानले स्वीकार गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कुनार प्रान्तको शालन्तन जिल्लामा एक पाकिस्तानी तालिबान नेतालाई लक्षित गरी ड्रोन हमला गरिएको थियो । तर अफगान तालिबानका उपप्रवक्ता बिलाल करिमीका अनुसार ड्रोन हमला नभएर रकेट आक्रमण भएको हो ।करिमीले सो हमलाको उद्देश्य के थियो भन्नेबारे खुलाएनन् । कसलाई निशाना बनाएर हमला भएको हो भन्नेबारे उनले केही नबताए पनि पाकिस्तानी क्षेत्रबाट प्रहार गरिएको रकेट पहाडमा ठो