चुनावी मैदानमा रेखा : यस्ता छन् उनले स्थानीयसँग गरेका ५ बाचा

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा उम्मेदवार सिफारिस भएकी छिन्। गृहजिल्ला मोरङ-३ बाट नाम सिफारिस भएसँगै रेखालाई चुनाव लागिसकेको छ। उनी यतिबेला चुनावी तयारीका लागि मोरङमै छिन्। उनले वडा स्तरमा गएर कार्यकर्ता भेट्ने र उनीहरुलाई निर्देशन दिने काम गरिरहेकी छन्।…