बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सीटी स्क्यान मेसिन खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेशसभाको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको छ ।प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति केन्द्रले आह्वान गरेको ठेक्का प्रक्रियामा त्रुटि देखिएको भन्दै समिति र अख्तियारले चासो देखाएपछि केन्द्रले ठेक्का रद्द गरेको हो ।समितिको छानबिनकै क्रममा केन्द्रले गत असार ३१ ग