हिमालयन लाइफको सिइओमा मनोज

काठमाडौं, ५ जेठ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा मनोज कुमार लाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि बीमा प्राधिकरणले स्वीकृति प्रदान गरेको छ। प्राधिकरणले आज कर्णको फाइल स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले इन्स्योरेन्स खबरलाई बताए। साविक यूनियन, प्राइम र गुराँस लाइफ मर्जर भएर बैशाख २६ गतेदखि हिमालयन लाइफको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका […]

सम्बन्धित सामग्री

हिमालयन लाइफको संस्थापक शेयर १७५ रूपैयाँमा विक्री खुला

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर चैत १३ गतेदेखि विक्रीमा आएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनी तथा जो कोही व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । इच्छुक खरीदकर्ताहरूले चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् ।  यो शेयरको मूल्य प्रतिकित्ता १७५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन दिदा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर खरीदका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ । यी शेयर यस अघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी भएको थियो । ऊक्त समयमा वित्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । सुचना हेर्न यहाँ क्लिक गर्नुहाेस

बोनसपछि हिमालयन रि र एसियन लाइफको मूल्य समायोजन

७ फागुन, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । दुबै कम्पनीले घोषणा गरेको बोनस सेयरको अनुपातमा मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार हिमालयन रिइन्स्योरेन्सको समायोजित मूल्य ६२० रुपैयाँ २९ पैसा छ । मंगलबार यहीं मूल्यको आधारमा कारोबार खुल्नेछ । अघिल्लो दिन कारोबार बन्द हुँदा प्रतिकित्ता ६४५ रुपैयाँ […]

व्यक्तिगत बिमालेख नवीकरणमा हिमालयन लाइफको छुट

काठमाडौं– हिमालयन लाइफ इन्स्योरेन्सले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतित (नवीकरण समय कटेको) बिमा लेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको जनाएको छ । कम्पनीबाट विभिन्न मितिमा बिमा गराई व्यतित भएका बिमा लेखहरू यही कात्तिक २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बिमा शुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको हो । मर्जर […]

हिमालयन लाइफको व्यक्तिगत बीमालेखमा छुट सुविधा

काठमाडौँ– हिमालयन लाइफ इन्स्युरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो । साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरुमा यही कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बिमाशुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज […]

हिमालयन लाइफको एजेन्सी म्यानेन्जर कन्फ्रेन्स पोखरामा सम्पन्न

काठमाडौं, २२ श्रावण । हिमालयन लाइफ इन्स्योरेन्सले पोखरामा एजेन्सी म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबारदेखि सुरु भएको कार्यक्रम हिजो शनिबार भव्य रुपमा सम्पन्न भएको हो। युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटै कम्पनीका एजेन्सी म्यानेजरहरुको भेला गरी भव्य कार्यक्रम गरेको हो। सो कार्यक्रममा कम्पनीका सिईओ […]

मर्जरपछि बनेको हिमालयन लाइफको शेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जरपछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको ३ ओटा कम्पनीहरू गाभिँदा १ः१ः१ को अनुपातमा कायम हुन आएको ८ करोड २ लाख ३ हजार ८३७ दशमलव शून्य २ कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयरलाई नेप्सेले ३४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही आधारमा भोलि (बिहीवार)देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । कम्पनीको शेयरलाई नेप्सेले एचएलआई कारोबार संकेत प्रदान गरेको छ । त्यस्तै नेप्सले मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार फुकुवा गरेको पनि जनाएको छ । साविकको यूनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफको शेयर सूचीकरण समेत खारेज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नाममा कायम भएको जनाएको छ । हेर्नुस् सूचना

हिमालयन लाइफको बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशतसम्म छूट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क छूट दिने भएको छ । कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा शत प्रतिशतसम्म छूट पाउने भएका हुन् । यस कम्पनीबाट जारी भएका बीमालेखको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरूमा विलम्ब शुल्कमा कम्पनीले छूट दिने भएको हो ।   हिमालयन लाइफ इन्स्योरेन्स (साविकको प्राइम, युनियन र गुराँस लाइफ) बाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा असार ४ देखि १५ गतेसम्ममा पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशतसम्म छूट प्रदान गर्ने जनाएको छ । कम्पनीले १ वर्षदेखि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा शत प्रतिशत, ३ वर्षदेखि ७ वर्षसम्मको लागि ५० प्रतिशत र ७ वर्षदेखि जतिसुकै अवधिका लागि २५ प्रतिशत छूट प्रदान गर्ने जनाएको छ । विलम्ब शुल्क(ब्याज) छूट बीमा अवधिभरि एक पटक मात्र पाइने कम्पनीले जानकारी दिएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला