मामाघर आश्रमको महायज्ञ  : आम्दानी ७६ लाख, खर्च डेढ करोड

काठमाडौँ : ललितपुरको गोदावरीमा अनाथ बालबालिकाको आश्रयस्थल 'मामाघर अनाथ आश्रम'को भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा ७६ लाख आम्दानी हुँदा खर्च भने डेढ करोड पुगेको छ।यसरी हिसाब गर्दा आर्थिक संकलनका लागि भनेर गरिएको गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत विराट ज्ञान महायज्ञ ७४ लाख घाटा खान पुगेको छ। गत भदौ २० देखि ३० गतेसम्म गोदावरी नगरपालिका-१४ बाडेगाउँमा सञ्चालन भएको सो महायज्ञमा ७६ लाख ५५ हजार २३१ रुपैयाँ आम्दानी भएको आयोजक मामाघर अनाथालय सपोर्ट ए