‘संघीय सरकार लोभी हुँदा प्रदेश र स्थानीय सरकारले अधिकार प्रयोग गर्नै पाएनन्’

संविधान सभाले बनाएको संविधान लागू भएर बनेको संघीय संसदको ५ वर्षे कार्यकाल सकिएर अर्को निर्वाचन हुन गइरहेको छ । संविधानमा प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष र राष्ट्रियसभा अविछिन्न रहने व्यवस्था छ । हाम्रो संघीय संसदका दुवै सदन एक अर्काप्रति परिपुरक भएर काम गर्छन् । तर कुनै कारणले प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभा निष्क्रियजस्तै हुन्छ । यो अवस्थाले आवश्यक पर्दा काम गर्न नसकेको र प्रतिनिधि सभा शक्तिशाली बनेको हो कि भन्ने विश्लेषण हुन थालेको छ ।एक अन्तर्वार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम