अमेरिकी माथिल्लो सदनका प्रमुख सांसदहरूले आइतबार एक अल्पकालीन खर्च विधेयक सार्वजनिक गरेका छन्। मध्यवधि चुनावका बेला बजेट अभावका कारण सरकारी निकायहरू ठप्प हुने जोखिम पन्छाउन चुनावपछि अर्थात् डिसेम्बरको शुरुवातसम्मका लागि यो विधेयक ल्याइएको हो। सांसदहरूले अगस्ट महिनाको परम्परागत ग्रीष्मकालीन बिदामा जानुअघि नै यस विधेयकमाथि मतदान गर्ने प्रबल सम्भावना छ। सेनेटरहरू राजधानी वाशिंगटनमा बसिरहनुको सट्टा चुनावी […]