कृषि चुनको प्रयोग बढ्यो

पछिल्लो समय झापाका किसानले कृषि चुनको प्रयोग गर्न थालेका छन् । झापाका अधिकांश ठाउँको माटोमा अधिक मात्रामा अम्लियपन भएर उर्वराशक्ति हराउँदै गएपछि माटोको उत्पादकत्व बढाउन किसानले कृषि चुनको प्रयोग गर्न थालेका हुन् । झापाका सहकारीहरूले माटोको स्वास्थ्य शिविर गर्ने प्रचलन बढ्न थालेसँगै कृषि चुनको प्रयोग बढ्न थालेको जिल्ला कृषि विकास कार्यालय झापाका बरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले बताए ।

सम्बन्धित सामग्री

धान खेतीको क्षेत्रफल घटे पनि उत्पादन बढ्यो, औसत उत्पादन चार वर्षयताकै उच्च

काठमाडौं । यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढेको जनाइएको छ । धान उत्पादन बढे पनि धान खेती भएको जमिन भने घटेको देखिएको छ । कुल धानबाली लगाइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको मन्त्रालयले जनाएको छ ।  यस वर्ष धानबाली लगाइएको क्षेत्रफल पछिल्लो चार वर्षको औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानको उत्पादसँगै उत्पादकत्व पनि बढेको छ । ‘धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६ दशमलव ९२ प्रतिशतले बढी हो ।’ चालु आवमा धान उत्पादन कोशी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ । उत्पादकत्वतर्फ कोशी प्रदेशमा चार दशमलव ४३ मेट्रिन टन प्रतिहेक्टरसहित अग्रस्थानमा र मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर पुछारमा छ । विगतका वर्ष जस्तै मुख्य धानको तुलनामा चैते धानको उत्पादकत्व उच्च कायम भएको मन्त्रालयले जनाएको छ ।  गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा र मधेस प्रदेश ऋणात्मकमा छ । चालु आवमा धान उत्पादन वृद्धि हुनुमा उन्नत बीउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कम बाढीपहिराबाट धान चालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ ।  मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएको कारणले मधेस प्रदेशमा धानको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको देखिएको हो । सातओटै प्रदेशका कृषि मन्त्रालय, जिल्लागतरूपमा प्राप्त भएका प्रारम्भिक आँकडा र इसिमोडसँगको सहकार्यमा स्याटेलाइट इमेजको प्रयोग गरी धानबालीको तथ्याङ्क निकालिएको मन्त्रालयले जनाएको छ । रासस

कृषि उत्पादकत्व किन कम बढ्यो ?

कृषि गणनाको पछिल्लो तथ्यांकअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णसंकर बीउको प्रयोग बढेको देखिएको छ । तर, यिनको प्रयोग बढेको अनुपातमा कृषि उत्पादकत्व भने बढ्न सकेको छैन । रासायनिक मल, विषादी र उन्नत जातका बीउको प्रयोग उत्पादन बढाउन प्रमाणित भएकैले यिनको प्रयोग बढेको हो । सरकारले कृषि उत्पादकत्व बढाउन यिनको प्रयोगमा उच्च प्राथमिकता दिएको पनि छ तर पनि तिनको अनुपातमा उत्पादकत्व बढ्न नसक्नुको अर्थ यिनको समन्वित र सही ढंगले प्रयोग भएको छैन भन्ने देखिन्छ ।  जहाँ सिँचाइ सुविधा हुन्छ त्यहाँ कृषि उत्पादन बढ्छ । त्यस्तै मल र विषादीको प्रयोगले पनि कृषि उत्पादन र उत्पादकत्व दुवै बढ्छ । त्यसमा पनि बढी उत्पादकत्वका लागि वर्णसंकर प्रजातिका बीउको विकास गरिएको छ । नेपालमा यी प्रयास भइरहे पनि कहिले मलको अभाव हुन्छ, कहिले पानी राम्ररी पर्दैन र कहिले उचित बीउको अभाव हुन्छ जसले गर्दा कृषि उत्पादकत्व बढ्न सकेको छैन । त्यसमा पनि नेपालमा उपयुक्त खालको कृषि उपकरणको विकास अझै हुन सकेको छैन । खासमा कुनै पनि देशको हावापानी, माटो र बीउअनुसार खेती गर्ने तरीका भिन्न हुन्छ । नेपालमा कृषिमा आधुनिकीकरण ल्याउन हरित क्रान्तिको अभियान नै चलाइएको छ जसमा आधुनिक प्रविधि र मल तथा बीउको प्रयोगलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ । तैपनि नेपालको प्रतिहेक्टर कृषि उत्पादनमा सामान्य सुधार मात्रै भएको छ । विश्वको औसत धान उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन छ । विश्वमा सबैभन्दा बढी उत्पादकत्व भएको देश चीन हो जहाँ ६ दशमलव ५ मेटन धान उत्पादन हुन्छ । चीनपछि धानको प्रमुख उत्पादक भारतको उत्पादकत्व ३ दशमलव १ मेटन रहेको छ । नेपालको उत्पादकत्व भारतको भन्दा कम रहेको छ । यद्यपि गतवर्ष सबैभन्दा उच्च उत्पादकत्व रहेको कृषि मन्त्रालयको भनाइ पाइन्छ ।  कृषि पेशाप्रति रहेको विकर्षणले गर्दा खाद्य सुरक्षामा अझ चुनौती थपिएको छ । यस्तोमा खाद्य सुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्ता दुवैलाई सचेत पार्न आवश्यक छ । नेपालमा कृषिक्षेत्रको उपयोग घट्दो छ । शिक्षित मानिसहरू कृषिसँग विमुख भएसँगै यसमा लाग्ने जनसंख्या पनि घट्दो छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषिको अंश पनि घटिरहेको छ । कृषिमा आधुनिकीकरण गर्ने हरेक सरकारको लक्ष्य रहेको पाइन्छ तर शिक्षित वर्ग यसबाट टाढिएकाले अपेक्षित मात्रामा आधुनिकीकरण हुन सकेको छैन । यद्यपि तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले माटो खन्नेदेखि बाली भित्त्याउनेसम्मका काममा यन्त्रको प्रयोग बढेको देखाएको छ ।  रासायनिक मल र विषादीको प्रयोग पनि बढेको छ । रासायनिक मलले माटोमा अम्लीयपना बढाएको किसानको गुनासो रहेको छ भने आलीको विषादी थालीसम्म पुगेर मानव स्वास्थ्यमा गम्भीर असर पारेकामा चिन्ता बढ्दो छ । रासायनिक मल होस् वा विषादी, यिनको प्रयोग कति मात्रामा र कस्तो अवस्थामा गर्ने हो भन्ने जानकारी किसानलाई हुनुपर्छ । त्योभन्दा पनि बढी उपभोक्ता यसमा सचेत हुनुपर्छ । उपभोक्ताले विषादी हालिएको कृषि उपज चिनेर प्रयोग नगर्ने हो भने यसको खपत घट्न थाल्छ । कृषि उत्पादकत्व बढाउन रासायनिक मल र विषादीको योगदान रहेको छ । त्यसैले यिनको प्रयोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन । तर, विषादीबाट जोगिने तरीकाहरू किसान र उपभोक्ताहरूले पनि जान्नु आवश्यक छ ।  बढ्दो जनसंख्यालाई आवश्यक खाद्य आपूर्ति गर्न जसरी पनि उत्पादन र उत्पादकत्व बढाउनै पर्ने बाध्यता छ । कृषि पेशाप्रति रहेको विकर्षणले गर्दा खाद्य सुरक्षामा अझ चुनौती थपिएको छ । यस्तोमा खाद्य सुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्ता दुवैलाई सचेत पार्न आवश्यक छ । अहिलेलाई यति मात्र गर्न सक्ने हो भने एकातिर उत्पादनमा वृद्धि त हुन्छ नै अर्कोतर्फ कृषि यन्त्रीकरण, मल, बीउलगायतको प्रयोगमा वृद्धि भई बजारमा समेत सुधार हुन्छ । जसले गर्दा कृषिमा लगानी वृद्धि हुँदै गएर समग्र अर्थतन्त्रमा सुधार आउँछ ।

अदुवा निर्यात बढ्यो

आर्थिक वर्ष २०६५/६६ मा रू. ४० करोड ३० लाखको अदुवा निर्यात भएकोमा गत आवमा रू. ४५ करोड ६० लाखको निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा रू. ५ करोड ३० लाखले बढी हो । मसला, औषधी, तथा सौन्दर्यका सामग्रीमा अदुवाको प्रयोग बढ्दै गएकाले विदेशमा यसको माग बढ्दै गएको नेपाल कृषि सेवा केन्द्रका अध्यक्ष खेमबहादुर पाठकले बताए । अदुवाका लागि भारत प्रमुख निर्यात राष्ट्र रहेको पाठकले जानकारी दिए । नेपालमा परम्परागत रूपमा धेरै समय अघिदेखि नै अदुवाको खेती गरिँदै आएको छ । नेपालले २०५८ बाट व्यावसायिक रूपमा यसको निर्यात गर्न थालेको हो । नेपालमा उत्पादित अदुवा भारत, अमेरिका, बंगलादेश, जापान, जर्मनीलगायत मुलुकमा निर्यात हुने गरेको छ । यहाँ उत्पादित २५ प्रतिशत अदुवा बाहिरी मुलुकहरूमा निर्यात हुन्छ भने ७५ प्रतिशत नेपाली बजारमा नै खपत हुन्छ । हाल नेपालको पाल्पा, सिन्धुली, धादिङ, प्युठान, ताप्लेजुङ, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवनलगायत जिल्लामा व्यावसायिक रूपमा अदुवाको खेती गरिएको छ । प्राय: तराई तथा पहाडी जिल्लाहरूमा यसको खेती गर्न सकिने भए पनि यी बाहेकका जिल्लाहरूमा यसको खेती केवल घरायसी प्रयोजनका निमित्त गर्ने गरिएको छ । नेपालमा मुख्य रूपमा बोंसे र नसे नामक दुई प्रकारका अदुवाको खेती  गर्ने  गरिएको छ । सरकारले अदुवा कृषकका लागि बीउमा केही सहुलियत दिएको पाठकले  जानकारी दिए । वर्ष ६, अंक ३७, बिहीवार, ४ कात्तिक, २०६७

मागअनुसार उत्पादन नहुँदा आयातित तरकारीको मूल्य बढ्यो

उदयपुर । हरियो तरकारी उत्पादनका लागि उदयपुर उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीको उत्पादन घट्दा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ भएको तरकारीको आयात बढ्न थालेकोे छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भएको उपभोक्ताहरू बताउँछन् । केही समयदेखि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा उत्पादन भएको मौसमी तरकारी सकिएकाले अहिले जिल्ला गाईघाटका उपभोक्ताले आयातित महँगो सब्जी किनेर खान बाध्य हुन परेको गाईघाट शान्तिनगर टोलका रमा भट्टराईको गुनासो छ । उनी भन्छिन्, ‘स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारी सकियो, सब्जी व्यापारीहरूले विभिन्न रासायनिक पदार्थ हालिएका सब्जीहरू बाहिरबाट खरीद गरेर ल्याउँछन्, त्यो पनि दोब्बर महँगो मूल्यमा किनेर खान बाध्य भएका छौं ।’ भट्टराईका अनुसार फागुन दोस्रो हप्तासम्म स्थानीयस्तरमा उत्पादन गरिएका हरियो तरकारीहरू सस्तो मूल्यमा नै उपलब्ध हुने गरेको थियो तर अहिले दोब्बर महँगो मूल्य तिरेर खरीद गर्नुपरेको छ ।       दश दिनअघिसम्म प्रतिकिलो काउली रू. ४० देखि ५० मा खरीद गरिन्थ्यो तर अहिले आयातित काउलीको मूल्य प्रतिकिलो रू. १०० देखि १२५ पुगेकोे गाईघाट संगमटोल निवासी देवकी थापा बताउँछिन् । मूला प्रतिकिलो रू. ५० देखि ६० रहेकोमा एक हप्तापछि रू. १०० प्रतिकेजी पुगेको छ भने अन्य हरियो सब्जीको मूल्य पनि दोब्बरभन्दा बढी हुनुका साथै ओलिएका, सडेगलेको सब्जी पनि किन्नुपर्ने अवस्था आएको उपभोक्ताले गुनासो गर्न थालेका छन् ।     ‘फागुनको पहिलो हप्तासम्म जिल्लाभित्र नै उत्पादन भएका ताजा सब्जीहरू खरीद गरेर सस्तो मूल्यमा विक्री गरियो,’ गाईघाटका एक सब्जी व्यापारी सुकदेव साह भन्छन्, ‘अब जिल्लाभित्रको उत्पादन सकिएपछि जिल्ला बाहिरबाट ल्याउँदा बढी मूल्य तिर्नुपरेकाले बढी मूल्यमा बेच्न बाध्य भएका छौं ।’ आफूहरू तरकारी खरीद गर्न जिल्लाबाहिर सुनसरी झुम्का, फारवेसगन्ज, भीमनगरसम्म पुगेर ल्याउनुपर्दा ताजा सब्जी विक्री गर्न नसकिएको व्यापारीहरू बताउँछन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले ५६८ हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी उत्पादन हुने गरेको छ भने बर्खे तरकारी ७४६ हेक्टर जमीनमा उत्पादन हुने गरेको छ । तरकारी खेती हुँदै आएका त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका बेलका र कटारी नगरपालिकाका विभिन्न क्षेत्रलाई हरियो तरकारी पकेट क्षेत्र घोषणा गरिए पनि यो जिल्ला तरकारीमा आत्मनिर्भर बन्न सकेको छैन । कृषि ज्ञान केन्द्रका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले यो जिल्ला अहिलेसम्म पनि मौसमी तरकारी खेतीमा आत्मनिर्भर बन्न नसकेका कारण चैत, वैशाख र जेठ महिना बाहिरी तरकारीमा भर पर्नुपरेको बताउँछन् । अहिले जिल्लाभित्र काउली, बन्दा, टमाटर गाजर, मूला तथा भिण्डी जिल्ला बाहिरबाट आयात हुने गरेको सब्जी व्यापारी राजेश चौधरीको भनाइ छ । रासस

पर्वतमा करीब २५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

पर्वत । पर्वतको मुख्य निकासीयोग्य वस्तुको रूपमा रहेको सुन्तलाको उत्पादनमा यस वर्ष वृद्धि भएको छ । गतवर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन करीब २५ प्रतिशतले बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल र उत्पादन दुवै बढेको हो । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जसमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला जिल्लाबाहिर निकासी भएको ज्ञान केन्द्रले बताएको छ । गत कात्तिक अन्तिम सातादेखि माघ अन्तिम सातासम्म जिल्लाको सुन्तला निकासी भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थित बाँसखर्कबाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो । निकासी भएको चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा रू. २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । पर्वतबाट औसत रू. ७० को दरले सुन्तला निर्यात भएको छ । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन् ।   जिल्लामा अहिले ८ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । सोमध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन शुरू हुनेछ । उत्पादित सुन्तलामध्ये झन्डै १५ प्रतिशत स्थानीय उपभोगमै खर्चिएको अनुमान छ । गतवर्ष पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गतवर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष ११ प्रतिशत बढी क्षेत्रफलमा उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन् । यस वर्ष अनुकूल मौसम, रोग कीराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन वृद्धि भएको हो । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरूले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ । ‘किसानले मल, कीटनाशक विषादीको प्रयोग तथा बगैंचा सुधार गरेको र यस वर्ष हावाहुरी असिना नपरेकाले सुन्तला उत्पादनमा वृद्धि भएको हो,’ उनले भनिन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतका जलजला, मोदी, महाशिला र पैंयु गाउँपालिकाका साथै फलेवास नगरपालिकाका विभिन्न वडालाई सुन्तला जोन र ब्लकको रूपमा विकास गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाको बाँसखर्कमा  सबैभन्दा बढी सुन्तला उत्पादन हुँदै आएको छ । यहाँको एउटै गाउँबाट भन्डै रू. आठ करोडको सुन्तला निकासी भएको छ । रासस

कञ्चनपुरमा धान उत्पादन बढ्यो

कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व १ दशमलव  ३७ ले बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव  ९२ प्रति हेक्टर छ । “गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो”, उनले भने– “तर यसवर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।&rdqu

तरकारीमा विषादीको प्रयोग बढ्यो

काठमाडौँ- चितवनमा विषादी प्रयोगशालामा परीक्षण गरिएकामध्ये १४ नमूनामा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ । कृषि ज्ञान केन्द्र भरतपुर महानगरपालिका र कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८/८९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी मात्रामा विषादी प्रयोग गरेको पाइएको हो । कृषि ज्ञान केन्द्रकी […]

रासायनिक मलको मूल्य बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ । कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य बढेपछि त्यसको असर नेपालमा समेत पर्ने भएको हो । यसअघि प्रतिमेट्रिकटन ३ सय १७ डलर पर्ने युरियामलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ । प्रतिमेट्रिकटन ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनकारी दिएको छ । साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले कोरोना महामारीका कारण मल उत्पादनका लागि उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको मूल्य बढेकाले उत्पादन लागत बढेको, मजदूर अभावका कारण कारखानाहरूको उत्पादन घटेको र जहाजमा समेत मजदूरहरूको अभाव भइरहेकाले मलको मूल्य बढेको हुनसक्ने बताए । विगत ५ महीनादेखि मलको मूल्य बढिरहेकाले सरकारले मल किन्नका लागि छुट्ट्याउँदै आएको बजेट अपुग हुने भएको छ । अनुदानको मल किन्न सरकारले चालू आर्थिक वर्षका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ भने आगामी आर्थिक वर्षका लागि पनि सोही परिमाणमा बजेट विनियोजन गर्ने सरकारको लक्ष्य रहेको छ । ‘नेपालमा करीब ७ लाख मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने भए पनि अहिलेको बजेटले ५ लाख मेट्रिकटन खरीद गर्न पुग्छ । बजेट थप नभएमा बढेको मूल्यअनुसार मल किन्दा अहिलेको बजेटले २ लाख ७५ हजार मेट्रिकटन मात्र किन्न पुग्ने छ,’ कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार सरकारले बजेट थप नगर्ने हो भने खरीद परिमाण घट्नुका साथै किसानले फेरि पनि मलको अभाव भोग्नुपर्ने अवस्था आउनेछ । त्यसैले सकेसम्म बजेट बढाउनुपर्ने उनको सुझाव छ । अन्तरराष्ट्रिय बजारमा मलको मूल्य बढेर अनुदानको मल खरीद गर्ने सरकारी कम्पनीहरूलाई महँगो पर्न गए पनि त्यसले किसानहरूलाई भने असर नपर्ने पोखरेलको भनाइ छ । सरकारले अनुदानका लागि खरीद गरेको भएकाले किसानलाई त्यसको भार नपर्ने उनले बताए । पर्याप्त मल मौज्दात सरकारी अनुदानको मल खरीद तथा विक्री वितरणको जिम्मा पाएका दुवै कम्पनीहरूले वर्षे बालीका लागि चाहिने मल पर्याप्त मात्रामा रहेको छ । अहिले साल्ट ट्रेडिङसँग १८ हजार ४ सय मेट्रिकटन डीएपी, २१ हजार मेट्रिकटन युरिया र ४ हजार १ सय मेट्रिकटन पोटास मौज्दात रहेको छ । २ चरणमा गरी करीब ७५ हजार मेट्रिकटन युरिया मल खरीद सम्झौता भएर कोलकाता आउने क्रममा छ भने २५ हजार मेट्रिकटन डीएपीको पनि ठेक्का सम्झौता भइसकेको छ । कृषि सामग्री कम्पनीसँग पनि १८ हजार ४ सय मेट्रिकटन युरिया, ४५ हजार २ सय मेट्रिकटन डीएपी र ४५ सय मेट्रिकटन पोटास मौज्दात छ । हाल कृषि सामग्रीले दैनिक १२ सय मेट्रिकटनका दरले अन्य विभिन्न स्थानहरूबाट किसानहरूलाई मल वितरण गरिरहेको छ ।

आधुनिक खेती प्रणालीले बढ्यो सुन्दरीफाँटामा गहुँ उत्पादन

कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटा गाउँमा गहुँ उत्पादन बढ्दै गएको छ। किसानले आधुनिक उपकरण, उन्नत जातको बिउ र मल प्रयोग गर्न थालेपछि उत्पादन बढ्दै गएको हो।कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत चौधरी थारु गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको छ।विगतमा खान मात्र मुस्किल पुग्ने जग्गामा हाल पर्याप्त गहुँ उत्पादन हुने गरेको छ। किसानहरुले गहुँ बेच्न थालेका छन। कृषि उपकरणको प्रयोगले गहुँ उत्पादनमा वृद्धि भएको ब्लक समितिका संय

कृषि उपकरणको प्रयोग बढ्यो

तोरीको दाना झार्न छिटो र सजिलो भएपछि अहिले रौतहटमा थ्रेसर मेसिनको प्रयोग बढ्दो छ । किसानले गोरु पाल्न छोडेपछि मेसिनको प्रयोग बढेको हो । यसअघि तोरीका बिटा बाँधेर खला वा खेतका गरामा नै खलो बनाई गोरुले दाइँ गर्ने गरिएकामा अहिले भने मेसिनको प्रयोगले छिटो र सहज भएको छ ।