शेखर-गगनबीच भएन सहमति, भोलि पुनः बस्ने गरी सकियो छलफल

नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ । संस्थापन इतर समूहमा सोमबार बिहानदेखि नेता शेखर कोइराला र महामन्त्री गगन थापा मध्ये एउटा उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो ।उक्त समूहका शीर्ष नेता र सांसद सम्मिलित छलफलमा कोइराला र थापाले एक अर्कालाई नछाडेपछि आज सहमति हुन नसकेको हो । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा कोइराला र थापा दुवैको दाबी कायमै  छ ।इतर पक्षका न