सिभिल बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

असार ९, काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । उक्त कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँग गत जेठ २४ गते अनुमति मागेको हो ।  कम्पनीले ३० कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।  विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो स्वीकृति, ब्याजदर कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । बैंकले ५० लाख कित्ता ऋणपत्र निष्कासन असोज ८ गते सेबोनबाट स्वीकृति पाएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड छ । बैंकले कुल कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने ३० लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा आगामी १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १७ गते सेबोनमा निवेदन दिएको हो ।  विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नबिल डिबेञ्चर २०८७ नामक ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने , सेबोनमा निवेदन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न  नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा असार ८ गते निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  सेबोनबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाएपछि कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

कुमारी बैंकले रू. ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ ३१ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा केबिएलएम डिबेञ्चर २०९० नामक ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ३० लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्ने, विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

जेठ १८, काठमाडौं । कुमारी बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीले १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा केविएल डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्नका लागि क्यपिटलसँग सम्झौता गरेको हो । सो सम्झौतामा बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् । कम्पनीले अव आश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र ऋणपत्र निष्कासन गर्नेछ ।

सिभिल बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

कात्तिक ३, काठमाडौं । सिभिल बैंकले रू. ३ अर्ब बराबरको  ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  अनुमति पाएसँगै कम्पनीले रू.१ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ  । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  स्वीकृति पाएसँगै कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले उक्त ऋणपत्र निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट असोज २४ गते अनुमति पाएको हो ।

तीन ओटा कम्पनीले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग मागे अनुमति

वैशाख २८, काठमाडौं ।  तीन ओटा अलग- अलग कम्पनीले मंगलवार ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्रसँग अनुमति मागेका छन् ।  कृषि विकास बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति मागेका हुन् । कृषि विकास बैंकले ४ प्रतिशत एग्रिकल्चर बोण्ड नामक  ऋणपत्र निष्कासन गर्नका लागि वैैशाख १३ गते निवेदन दिएको हो । बैंकले रू. ४ अर्ब बरावरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको हो ।जसमध्ये  बैंकले १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी लक्ष्मी बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो । उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नका लागि निवेदन दिएको छ । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।  माछापुच्छ्रे बैंकले भने रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।  विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड रहेको छ ।