कांग्रेसमा अघि बढ्दै युवा पुस्ता

सिमकोट – कांग्रेसको तल्लो संरचना वडा अधिवेशन सम्पन्न हुँदा पचास प्रतिशत युवा नेतृत्वमा आउन सफल भएका छन्। कांग्रेस सधैँ बुढाखाडाको पार्टी भन्ने चर्चा चलिरहेका बेला १४ औँ महाधिवेशनअन्तर्गत तल्लो तहको नेतृत्व चयनमा युवा पुस्ताको आर्कषण बढेको हो। सिमकोट गाउँपालिका–५ का वडा सभापति कुल रावतले अन्य आकांक्षी धेरै भए पनि आफू नेतृत्वमा आउन सफल भएको बताए। […]

सम्बन्धित सामग्री

सम्पदा संरक्षणमा युवा पुस्ता नै लाग्नुपर्छ : मेयर बालेन

१२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सम्पदा संरक्षणमा युवा पुस्ता नै लाग्नुपर्ने बताएका छन् । बिहीबार नेपाल खड्गी सेवा समितिका बाजा, खल तथा गुठीहरुलाई अनुदान दिँदै मेयर बालेनले काठमाडौं संस्कृति बचाउन युवा पुस्ता सक्रिय हुनुपर्ने बताएका हुन् । ‘यो सहयोग कसैले कसैका लागि गरेको भन्दा पनि समृद्ध महानगर निर्माणका लागि आपसी […]

भूमिगत कालमा विकृति भनेको र्‍याप शैलीमा माओवादीले ल्यायो चुनावी गीत

‘अहिलेको युवा पुस्ता र्‍यापमा पनि जोडिएको छ । त्यसकारण धेरै आपत्ति जनाउन आवश्यक छैन,’ मोहित श्रेष्ठ भन्छन् ।

डिजिटल युगले युवामा ढाडको समस्या विकराल

अहिलेका युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या धेरै छ। पहिले भन्दा अहिलेका युवा पुस्ता बढी ग्रसित देखिन्छन्। आज भन्दा २० वर्ष अघिको कुरा सुन्दा युवा पुस्ता भन्दा पनि वृद्धवृद्धामा चालिस पचास वर्षपछि बढी देखिने गथ्र्यो। यो प्राकृतिक रुपमा या हड्डी खिइएर हुने गथ्र्यो। आजभोलि यो समस्याबाट युवा पुस्ता नै बढी ग्रसित छन्। यसको मुख्य कारण […]

मतदान गर्न युवा पुस्ता उत्साहित

कलैया । शुक्रबार देशैभरि एकै दिन स्थानीय तहको निर्वाचनका लागि मतदान हँुदै छ । ७ सय ५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा रहेका छन् । यसअघि कहिल्यै मतदानमा सहभागी नभएका युवापुस्ता मतदान गर्न उत्साहित भएका छन् । पहिलोपटक मतदानमा सहभागी हुन लागेका उनीहरू मतदान केन्द्रमा पुगेर मतदान कसरी […] The post मतदान गर्न युवा पुस्ता उत्साहित appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसमा युवा पुस्ता

मुलुकमा परिवर्तन, विकास र सामयिक सुधारको चाहना राख्ने तर पुरानो पुस्ताका नेतालाई नै राजनीतिक दलको नेतृत्व दिने मानसिकता विरोधाभासपूर्ण छ । समयको मागलाई बुझेर पुराना पुस्ताका केही नेताहरू आफैं किनारमा उभिए पनि अधिकांशले भने नेतृत्वका लागि रोईकराई गर्नछोडेका छैनन् । शुक्रबार राजधानीमा शुरू भएको नेपाली कांग्रेसको महाधिवेशनमा सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको चाहना […]

गाँजा खेती र युवा पुस्ता

देशमा नयाँ पुस्तामा राज्य सत्ता हस्तान्तरण हुन सकेको छैन, राजनीतिक किचलो बढेकै छ । राज्यका कैयन पेसामा उमेरको हद म्याद छ । तर, राजनीतिकर्मीहरू कहिल्यै बुढो नहुने भएका छन्, पछिल्लो चितवन महाधिवेशन र खर्चको बाढीले पनि सोको पुष्टि गरेको छ । जनतालाई आप्mनो पक्षमा पार्न सडकमा पोखिन्छन् । एकले अर्कोलाई खुइल्याउँछन्, नेताजीहरू । युवाहरू भने […] The post गाँजा खेती र युवा पुस्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भोजपुरे खुकुरी संकटमा, युवा पुस्ता काम गर्न चाहदैन

भोजपुर । देश, विदेशमा खुकुरीबाट पहिचान बनाएको भोजपुरमा खुकुरी बनाउने कालीगढको पेशा लोप हुन थालेको छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावमा यो पेशा लोप हुने अवस्थामा पुगेको हो । भोजपुरे खुकुरीको माग स्थानिय बजार, वाहिरी जिल्लासंगै अन्तराष्ट्रिय बजारसम्म हुने भएपनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायी बताउँछन् । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष […] The post भोजपुरे खुकुरी संकटमा, युवा पुस्ता काम गर्न चाहदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै

नेपालको विदेश निर्यातको एउटा महत्वपूर्ण हस्तकलाको सामग्रीमा पर्छ करुवा र यसमा पनि पाल्पा यसमा अरु चर्चित छ । पाल्पाको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् । सीप र पुँजीको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेका पाल्पाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुँदै गएका हुन् । पाल्पाली करुवा उद्योगको सीप …

करुवा उत्पादनमा पाल्पाका युवा पुस्ता आकर्षित हुँदै

असोज ३१, पाल्पा । पाल्पालीको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् ।             सीप र पूँजीको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेका पाल्पाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुँदै गएका हुन् । पाल्पाली करुवा उद्योगको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन थालेपछि यसको उत्पादनमा समेत वृद्धि हुन थालेको छ ।             करुवा बनाउने आवश्यक तालिम र यसको उद्योग सञ्चालनका लागि बीउ पूँजीलगायत सहयोग पाएपछि यहाँका युवा करुवा उत्पादनमा लागिपरेका छन् । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा) द्वारा सञ्चालित तालिम पाएपछि चार जना युवा मिलेर करुवा उद्योग स्थापना गरेका छन् ।             तानसेनका नगरप्रमुख अशोककुमार शाहीले पाल्पाको पहिचान बोकेको करुवा लोप हुनबाट जोगाउन सीप, बीउ पूँजीलगायतको सहयोग गरिएको बताए । तानसेन नगरपालिकाले बेरोजगार युवालाई छनोट गरी तालिम, बीउ पूँजीलगायतका कार्यक्रमपछि युवा पुस्ता अहिले करुवाको उत्पादनमा सक्रिय भएका छन् । आवश्यक पूँजीको अभावमा करुवा व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थामा नगरपालिकाले यो व्यवसाय गर्न चाहने युवालाई बैंकबाट सहुलियत दरमा ऋण प्रदान गरी साना उद्योग स्थापनामा सहजीकरण गरिएको नगरप्रमुख शाहीको भनाइ छ ।             बगनासकाली गाउँपालिका– ६ यम्घाका खिमबहादुर विश्वकर्मासहित चार जनाले तानसेन नगरपालिका– १ गैरागाउँमा करुवा उत्पादन गर्ने उद्योग स्थापना गरेका छन् । अहिले ती युवाद्वारा स्थापित उद्योगबाट काँचका करुवा, थाल, गिलासलगायतका वस्तु प्रशस्त उत्पादन हुँदै आएको उनले बताए । तानसेनका पुराना करुवा व्यवसायी केशवमान बज्रचार्यले पाल्पाको पहिचान बोकेको करुवा चिनो रूपमा लैजाने चलन रहेको बताए ।  सीप, प्रोत्साहन तथा कच्चापदार्थको अभावमा पाल्पाली करुवा उद्योग संकटमा परेको थियो ।             तानसेनको टक्सार टोलमा पहिला २५ भन्दा बढी करुवा उद्योग सञ्चालनमा रहेपनि पछिल्ला वर्षमा तीन ओटामा सीमित भएको थियो । उद्योग कम हुँदा माग अनुसार करुवाको आपूर्ति हुन सकेको थिएन । करुवा बनाउने सीप सिक्न र उद्योग सञ्चालन गर्न इच्छुक व्यक्तिलाई छनोट गरी तीन महिनाको करुवा बनाउने तालिम दिएको थियो । तालिमपछि कोही व्यक्तिगत र कोही सामूहिक रुपमा करुवा उत्पादन गरिरहेका छन् ।  पाल्पाको तानसेनमा नेवार, विश्वकर्मा जातिमा मात्र करुवा उत्पादन गर्ने सीप छ । करुवा उत्पादन गर्ने सीपलाई अन्य जाति तथा समुदायमा हस्तान्तरण हुन सकेको छैन । सामाजिक र साँस्कृतिक समस्या कारण अन्य जातिमा यो सीप पुस्तान्तरण हुनसकेको छैन । पाल्पाली करुवाको आठ दशकदेखिकै इतिहास छ ।    उद्योगी उत्तमकुमार बज्राचार्यका अनुसार करुवा उत्पादनका लागि आवश्यक पर्ने कच्चा धातुको अभाव छ । काम गर्ने कामदार पाइँदैनन् । पाल्पाली ब्रान्डेड करुवामा कोइला, काँच, तामा र मैनको आवश्यकता पर्छ । तर, कच्चा सामग्री नै जिल्लामा पाइँदैन । कोइला वनमा पोल्न समस्या छ । भारतबाट समेत कच्चा पदार्थ आउन नसक्दा करुवा उद्योग सङ्कटमा परेको गुनासो उद्योगीको छ ।            २५० वर्षअघि भक्तपुरबाट बसाइँ सरेर तानसेनको टक्सारटोलमा आई धातुका मुद्रा बनाउन शुरु गरिएको इतिहास पाइन्छ । पछि गएर करुवा र अन्य सामान तयार हुँदै आएका छन् । यहाँ उत्पादित करुवा जापान, अमेरिका, बेलायत, थाइल्यान्डलगायतका देशमा पुग्छन् । बाह्य पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकलाई पनि करुवा निर्माणले आकर्षण थपेको छ । जोकोही एकपटक पाल्पाली करुवा उत्पादन गर्ने उद्योगमा पुग्ने गर्छन् । यहाँका शाक्य, वज्राचार्यहरू करुवा उत्पादन गर्छन् । पछिल्लो समय ३ हजार ५०० देखि १० लाख ५० हजार मूल्य पर्ने करुवा पाल्पामा बनिरहेका छन् । युवा पुस्तालाई करुवा उद्योगमा टिकाइ राख्न सकेमा यो उद्योगको संरक्षणमा टेवा पुग्ने विश्वास स्थानीय व्यवसायीको छ ।  रासस