मनोज पाण्डे प्रकरण : जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर

बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो ।जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकोमा उच्चले आदेश दिन अस्वीकार गरेको छ । उनीविरुद्ध बालयौन दुरुपयोग र मानव बेचविखनको कसुरम

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई मानव बेचविखनको कसुरमा ७ वर्ष कैद

सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूरुपयोग गरेको आरोप लागेका मनोज पाण्डे भन्ने मनोज कुमार जैशीलाई सात वर्ष जेल सजाय तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई मानव बेचबिखन–ओसारपसारसम्बन्धी ...

बलात्कारको आरोपमा पक्राउ परेका मनोज पाण्डे पुर्पक्षका लागि कारागार चलान

मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसुरमा अनुसन्धानमा रहेका मनोज पाण्डे भनिने मनोज कुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

बलात्कार आरोपी पाण्डे पुर्पक्षका लागि कारागार चलान

सौन्दर्य प्रतियोगिताकी एक सहभागिलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे भनिने मनोज कुमार जैशीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ...

पाण्डेविरुद्ध उजुरी गर्नेको संख्या तीन पुग्यो

सौन्दर्य प्रतियोगिताका नाममा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसीलाई मानव बेचबिखन तथा ओसारपसार कसुर र यौन दुर्व्यवहार मुद्दामा पाँच दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंबाट...