साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।यसैबीच शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ । बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११८५ रुपैयाँमा कारोबार भएको हो।