दलित जात भनेर कोठा नदिने बबरमहलकी घरबेटी पक्राउ

काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्। उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई आज पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर आइतबार पक्राउ गरी उनीविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाइएको हो।