काठमाडौँ : कतार विश्वकप फूटबलको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । आइतबार राती पौने ९ बजेपछि सुरु हुने फाइनलको केन्द्रबिन्दुमा छन्, लियोनल मेस्सी र किलियन एमबाप्पे । दुबै सुपरस्टार हुन् । फ्रेन्च लिग पीएसजीमा आबद्ध मेस्सी र एमबाप्पेबीचको लडाइ विशेष हुनेछ । एमबाप्पेले यसअघि फ्रान्सका लागि विश्वकप जितिसकेका छन् । तर मेस्सी अहिलेसम्म विश्वकपमा […]
युरोपियन च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मन-पीएसजी र म्यानचेस्टर युनाइटेड आमने सामना हुने भएका छन्। सोमबार गरिएको नकआउट ड्र अनुसार दुई हाइप्रोफाइल खेलाडी आबद्ध क्लबहरु अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने भएका हुन्। पीएसजीमा मेस्सी र म्यान युनाइटेडमा क्रिस्टियानो रोनाल्डो आबद्ध छन्। यसै सिजन मात्र उनिहरु यी क्लबमा आबद्ध भएका हुन्। ड्रअनुसार प्रिक्वाटरफाइनलमा बायर्न म्युनिखले एट्लेटिको म्याड्रिड, […]
एल क्लासिकोका रुपमा परिचित बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार स्पेनिस ला लिगा फुटबलअन्तर्गत हुँदै छ। बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडसँग खेल्न लागेको हो। बार्सिलोनासँग यसपटक लियोनल मेस्सी छैनन्। मेस्सी करिब डेढ दशकको बसाईपछि यसै सिजन फ्रेन्स लिग वान क्लब पेरिस सेन्ट जर्मन-पीएसजीमा आबद्ध भएका हुन्। मेस्सी एक क्लासिकोका कीर्तिमानी गोलकर्ता हुन्। उनले २६ गोल […]
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार लिओनल मेस्सीले चोटका कारण क्लबका पछिल्ला दुई खेल गुमाएका थिए । घुँडाको चोट ठीक भएपछि मंगलबार च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध मेस्सी खेल्ने सम्भावना देखिएको छ । सिटीका अहिलेका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा मेस्सीले बार्सिलोनामा लामो समय खेलेका थिए । यो सिजन पिएसजीमा आबद्ध भएका मेस्सीले नयाँ क्लबमा […]
पेरिस सेन्ट जर्मेनका स्टार लियोनेल मेस्सीको व्यवहारले आफू चकित परेको बताउँदै अरचफ हकिमीले उनी ड्रेसिङरुममा ‘सामान्य र शान्त’ रहेको बताएका छन् । बार्सिलोनाको आर्थिक संकटबीच २१ वर्षपछि क्लब छाडेर मेस्सी हालैमात्र पीएसजीसँग आबद्ध बनेका हुन् । ३४ वर्षीय खेलाडीले २ क्लबसँग दुई वर्षको करार गरेका छन् । हकिमी भने मैदानबाहिर उनको शान्त स्वभाव देखेर चकित छन् ।‘उनीसँग प्राविधिक समझदारी बनाउन सजिलो छ । म उनलाई बल दिन्छु अनि म कुद्छु । उनले जहाँ चाहिन्छ त्यहाँ बल फालिदिन्छन्,’ पी
स्टार स्ट्राइकर लियोनल मेस्सीले पेरिस सेन्ट जर्मन-पिएसजीबाट लागि आइतबार डेब्यु गर्ने सम्भावना देखिएको छ। घरेलु लिग फुटबलअन्तर्गत आइतबार राती रिम्सविरुद्ध हुने खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरिएको छ। टोलीमा समावेश गरिनुले उनको डेब्युको सम्भावना देखिएको हो। मेस्सीलाई आबद्ध गरेयता पीएसजीले दुई खेल खेलेपनि यीनमा मेस्सीलाई टोलीमा समावेश गरिएको थिएन। मेस्सी सुरुवाति टोलीमा समावेस हुने वा […]
अर्जेन्टाइन फुटबलर लियोनल मेस्सी पेरिस सैन्ट जर्माइनमा आबद्ध हुनुभएको छ । ला लिगाको आर्थिक सीमितता सम्बन्धी प्राबधानका कारण बार्सिलोनाले मेस्सीका लागि उपयुक्त रकम तिर्न नसक्दा उहाँ मुक्त हुनुभएको थियो ।
३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षे अनुबन्धन सम्झौता गर्नुभएको छ । अनुबन्धनमा मेस्सीले चाहे तेस्रो वर्ष समेत पीएसजीका लागि खेल्न सक्ने प्राबधान राखिएको छ । सम्झौतापछि मेस्सीले भन्नुभयो, “पेरिसमा नयाँ अध्याय सुरु गर्न म अत्यन्तै उत्साहित छु, क्लब र उसको दृष्टि मेरो लक्ष्यसँग मेल खाएको छ ।” “क्लबका खेलाडी र कर्मचारी कति धेरै कुशल छ मलाई थाहा छ, म पर्सडेस प्रिन्सेस पिचमा पाइला चाल्न उत्साहित भएर पर्खेको छु ।”–उहाँले भन्नुभयो ।
एजेन्सी । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका छन् । स्पेनिस लिगको नयाँ वित्तिय व्यवस्थाको कारण बार्सिलोना छाड्न बाध्य भएका मेस्सीले दुई वर्षको लागि पिएसजीसँग सम्झौता गरेका हुन् । पिएसजीमा उनको तलब साताको १० लाख पाउण्ड रहेको छ । यसको झण्डै ४५ प्रतिशत उनले कर बुझाउनुपर्ने […]
बार्सिलोनाबाट बाहिरिएका लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन-पीएसजीमा आबद्ध हुन सहमत भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। फ्रेन्च सन्चार माध्यमहरुले पीएसजीमा २ वर्षका लागि आबद्ध हुन मेस्सी सैद्धान्तिक रुपमा सहमत भएको उल्लेख गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेस्सीले पनि पीएसजीमा आबद्ध हुने विषय एउटा सम्भावना भएको उल्लेख गरेका थिए। मेस्सीलाई आबद्ध गराए पीएसजीले […]
एजेन्सी । अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् । बार्सिलोनासँगको करार अवधि गत जुन ३० तारिखबाट सकिएसँगै विश्व फुटबलका महान खेलाडी मेस्सी कुनै पनि क्लबमा आबद्ध हुन स्वतन्त्र बनेका थिए । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहने सम्झौतामा सहमति जनाएको बताईएको छ । नयाँ सम्झौता अनुसार मेस्सी अब सन् […]