गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण : मुख्यमन्त्रीको २५ लाख ऋणदेखि सवाकिलो सुनसम्म

भदौ १०, कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको २ महीनापछि मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको आधिकारिक वेबसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । प्रदेशमा पृथ्बीसुब्वा गुरुङ नेतृत्वको सरकारले सम्पत्ति विवरण पेश गरेको थिएन । लामो समयसम्म सम्पत्ति विरण पेश नगरेपछि गुरुङ सरकारका मन्त्रीहरुले आलोचना खेप्दै आएका थिए । मुख्यमन्त्री कष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा बनेको ११ सदस्यीय मन्त्री मण्डलका ९ जना मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका हुन् । प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् ।  मुख्यमन्त्री पोखरेलले सम्पत्ति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । उनले पेश गरेको विवरणमा कृषि विकास बैंकबाट २०७६ मा ऋण लिएको उल्लेख छ । उनले आम्दानीका रुपमा तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा रहेको उल्लेख गरेका छन् । त्यस्तै, पोखरेलसँग पाँच तोला सुन, काठमाडौं र तनहुँमा जग्गा रहेको विवरण देखाएका छन् । श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँ मूल्यको एउटा घर रहेको उल्लेख छ ।  भौतिक भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका–१६ मा ३८२ दशमलव २ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर स्वआर्जन र पैतृक सम्पत्तिको रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री खड्काले ९५ तोला सुन, विभिन्न वित्तीय संस्थामा एक करोड बढी नगद मौज्दात, ५६ लाखको शेयर र ८५ लाख ऋण दिएको सम्पत्ति विवरण पेश गरेका छन् । अर्थमन्त्री रामजी बरालले एनआईसी एसिया बैंकबाट एक करोड ऋण लिएको सम्पत्ति विवरणमा देखाएका छन् । उनले ६० हजार रुपैयाँको गाई, निफ्राको ६० कित्ता शेयर, बैंकमा तीन लाख नगद मौज्दात रहेको देखाएका छन् । यस्तै दुई छोरा र बुहारीको नाममा दुई मोटरसाइकल तथा एक स्कुटर रहेको विवरण पेश गरेका छन् । त्यस्तै मन्त्री बराल र उनको श्रीमतीको नाममा पोखरामा जग्गा, चार तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् । कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले ९० तोला सुन भएको विवरण पेश गरेका छन । त्यस्तै पोखरामा ६ ठाउँमा घर, ८ ठाउँमा जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख छ ।  उनले घरमा नगद ५५ हजार रुपैयाँ, ५० तोला चाँदी, १५ तोला हीरा रहेको विवरणमा उल्लेख गरेका छन् । यस्तै बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात र परिवार समेतको सात लाख ५० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले दुईओटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटेल, मल, रिसोर्ट लगायतमा लगानी रहेको उल्लेख गरेका छन् । त्यसगरी, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक किलो १९ तोला सुन रहेको सम्पत्ति विवरण बुझाएका छन् । उनले बुझाएको विवरणमा उल्लेखित सम्पत्तिको मुख्य स्रोत पैतृक सम्पत्ती भएको उल्लेख छ । मन्त्री श्रेष्ठले १५ लाख नगद तथा सात किलो दुई तोला चाँदी र एकथान हीराको औँठी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै उनको स्याङ्जाको भिरकोट र काठमाडौंको नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा जग्गा रहेको विवरणमा उल्लेख छ । वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवा–२ मा ५० हजार रुपैयाँमा घर किनेका छन् । उनले सांसद भएपछि पोखरा–१४ मा ४० लाखको जग्गा खरीद गरेको विवरण पेश गरेका छन् । त्यसको स्रोतमा तलब, भत्तादेखि छोराको व्यवसाय, विदेशमा रहेका छोराछोरीको रेमिट्यान्स भएको उल्लेख छ । मन्त्री थापासँग पैतृक सम्पत्तिको ३० तोला सुन र २० तोला चाँदी रहेको छ । उनले विभिन्न वित्तीय संस्थामा ६१ लाख ५० हजार ऋण भएको विवरणमा उल्लेख गरेका छन् ।  ऊर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले कृषि विकास र प्रभु बैंकमा ४० लाख ऋण भएको विवरण पेश गरेका छन् । उनले बैंकबाट लिएको ५० लाख ऋणमध्ये १० लाख तिरेको र बाँकी ४० लाख ऋण भएको विवरणमा उल्लेख गरेका छन् । उनको गोरखाको पालुङटार–२ मा बुवा र श्रीमतीको नाममा घरजग्गा रहेको, आठ तोला सुन र पाँच तोला चाँदी रहेको विवरणमा उल्लेख छ । उनले आमुल फर्निचर उद्योग सञ्चालन गर्दै आएको समेत उल्लेख गरेका छन् । पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले बागलुङ नगरपालिकामा ४८ लाख ५० हजारमा खरीद गरेको घर रहेको सम्पत्ति विवरण पेश गरेका छन् । उनले आफ्नो नाममा बागलुङको लेखानीमा ६ ठाउँमा जग्गा रहेको विवरण पेश गरेका छन् । उनले ८७ हजार कित्ता शेयर, दुई करोड ६७ लाख ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै श्रीमती इन्द्रकली कँडेलको नाममा ७ ठाउँमा जग्गा रहेको छ । मन्त्री कँडेलको नाममा चितवनमा ७ ठाउँ, रुपन्देहीमा ९ र इन्द्रकली कँडेलको नाममा चितवनमा ठाउँमा ३ ठाउँमा जग्गा भएको उल्लेख छ । त्यस्तै २५ तोला सुन, एक केजी चाँदी, ६ लाख नगद रहेको विवरणमा उल्लेख छ । त्यसैगरी श्रीमती इन्द्रकली कँडेलको नाममा दुई लाख नगद रहेको छ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले ८ लाख ६० हजार नगद मौज्दात रहेको विवरण पेश गरेकी छन् । उनले लमजुङको दूधपोखरीमा घर, चितवन र हेटौँडामा चार ठाउँमा जग्गा, ३ तोला सुन रहेको विवरण पेश गरेकी छन् ।

सम्बन्धित सामग्री

सम्पत्ति विवरण किन गोप्य ?

काठमाडौं । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति विवरण बुझाउन अनिच्छा गर्ने १५ हजार ४ सय ९ जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको हो । सम्पत्ति विवरण बुझाउन पटकपटक […]

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर […]

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका […]

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायतका सबै मन्त्रीहरुले सम्पत्ति विवरण सरकारद्वारा नै गोप्य राख्ने प्रयास गरिएको छ ।&

सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिको अटेरी

सम्पत्ति विवरण बुझाउन कर्णाली प्रदेशका जनप्रतिनिधिले अटेरी गरेका छन् । निर्वाचित भएको दुई महिनाभित्र बुझाई सक्नुपर्ने व्यवस्था भए पनि कर्णालीका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन अटेरी गरेका हुन् ।कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तह छन् । तथ्यांंकअनुसार हालसम्म ३४ वटा स्थानीय तहका जनप्रतिनिधिले मात्रै सम्पत्ति विवरण बुझाएका छन् भने बाँकी ४५ जिल्लाका जनप्रतिनिधिले अटेरी गरिरहेका छन् […]

यी हुन् सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि

सुर्खेत : भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा जनप्रतिनिधिले पद तथा गोपनियताको शपथग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख भए पनि ४५ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको पाइएको छ।कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पटकपटक सूचना प्रशाशित गरी सम्पत्ति विवरण बुझाउन ताकेता गरे पनि ४५ स्थानीय तहले सम्पत्ति विवरण नबुझाएका हुन्।साउन ३१ गते सम्मा सम्पति विवरण बुझाइ सक्नुपर्ने भए पनि अहिले सम्मा नवुझाएको पाइएको छ। कर्णालीक

अझै सार्वजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको हो । सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरूले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक […]

अझै सार्वजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको हो ।सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्छ ।उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन्त्री र

सम्पत्ति विवरण व्यवस्थापन

विषय प्रवेश कानुनी व्यवस्था अनुसार २०७८ साउन १ देखि भाद्र २८ सम्मका ६० दिन गत वर्षसम्मको सम्पत्ति विवरण बुझाउने समय तोकिएको छ । सबै सार्वजनिक पदाधिकारीको लागि यो समय अवधि एउटै भएपनि विवरण बुझाउने निकाय भने फरक फरक छन् । सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना र के कस्तो पदाधिकारीले कुन निकायमा विवरण बुझाउने भन्ने सम्बन्धी […]

मन्त्रीले लुकाउँछन् सम्पत्ति विवरण

१४ असार, काठमाडौं । पाँच सदस्यीय मन्त्रिपरिषद्मा रहेका प्रधानमन्त्रीबाहेक चारै जना मन्त्रीहरुले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयलाई स्वेच्छाचारी ढंगले छोडिदिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटका अनुसार प्रधानमन्त्री ओलीले पनि पहिलोपटक २०७४ चैत ९ गते सार्वजनिक गरेको सम्पत्ति विवरण अद्यावधि गरेर सार्वजनिक […]