निर्माणाधिन संसद भवनको प्रगतिप्रति सभामुख घिमिरे असन्तुष्ट

काठमाडौँ- सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवनको प्रगतिप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संसद भवनको आर्थिक भार बढ्दै गएको अवस्थामा भौतिक निर्माण अवस्था कमजोर देखिएको जिकिर गरे । […]

सम्बन्धित सामग्री

६ दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं,१७ चैत । निरन्तरको सदन अवरोधलाई हटाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । घिमिरेले आज ६ दलका प्रमुख सचेतक र सचेतकसँग सदनमा देखिएको अवरोध हटाउनेबारे छलफल गर्न लागेका छन् । सभामुख घिमिरेले बिहान सवा ११ बजेपछि ६ दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा सभामुख घिमिरेले संसदको […]

चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको छ: सभामुख घिमिरे

काठमाडौं, फागुन २८ । संघीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ल्होसार पर्वलाई कम खर्चिलो र लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रूपमा मनाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्। सभामुख घिमिरले सोमबार जारी गरेको शुभकामना सन्देशमा हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औं ग्याल्पो ल्होसार (डुक ल्हो)को अवसरमा स्वदेश तथा विदेशमा […]

संस्कार , संस्कृति गौरव र सम्पत्ति हुन् : सभामुख घिमिरे

काठमाडौँ, २५ फागुन । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्ष रहेकाले मानिसको जागरण र आत्मबोधलाई उजागर गर्न मद्दत मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । उनले महाशिवरात्रि पर्वका अवसरमा आज यहाँ जारी गरेको शुभकामना सन्देशमा धार्मिक सांस्कृतिक महत्वको महाशिवरात्रि पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव र एकता कायम गर्न […]

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख घिमिरे

काठमाडौँ, २८ मङ्सिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरे । संसद् सेवाको […]

हाम्रो वास्तविकताका आधारमा संसद अघि बढछ: सभामुख घिमिरे

काठमाडौँ, २५ मङ्सिर । सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र ससदीय समितिलाई अघि बढाइने बताएका छन् । १७औँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आयोजित ‘संसद सेवाको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले मुलककै सर्वोच्च विधायिकीलाई विशिष्ट तुल्याउने गरी कार्यसम्पादन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । […]

सुपारी निर्यात खोल्न सभामुख घिमिरे र उद्योगमन्त्री रिजालको जोडबल

काठमाडौँ – नेपालबाट सुपारी निर्यात खोल्न सभामुख देवराज घिमिरे र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लागिपरेका छन्। नेपालबाट भारतमा निकासी हुने सुपारी रोकिँदै/खोलिँदै आएको अवस्थामा अहिले पुनः सुचारु गर्न सभामुख घिमिरे र उद्योगमन्त्री रिजालले तयारी अघि बढाएका हुन्। तेस्रो देशबाट आयात सुपारी नेपाल हुँदै भारतीय बजारमा पुर्‍याउँदा धेरै फाइदा हुने भएपछि भारतीय व्यापारीको स्वार्थमा […]

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

३१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका छन् । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन् । सभामुखको भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव […]

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतकोसमितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल गरेका छन् ।  बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच समितिका कामकारबाही र विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल भएको छ ।  छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहित सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, अर्थ समिति सभापति सन्तोष चालिसे, राज्य […] The post सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सभामुख घिमिरे र दलका नेताबीच छलफल जारी

काठमाडौ १२ चैत । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गरिरहेका छन । संसद भवनस्थित शंकर हलमा अहिले घिमिरे र नेताहरुबीच छलफल भईरहेको हो । प्रतिनिधिसभा नियमावली लगाएतका विषयमा छलफल भईरहेको हो । प्रतिनिधिसभा नियमावली २०७९ मस्यौदा प्रतिवेदन संसदमा बिचाराधीन छ । संसदमा पेश भएको नियमावली उपर संसोधन दर्तागर्ने समय निर्धारण गरिएकोमा […]