प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलहरू अदालत जाँदै, सर्वोच्च परिसरमा कडा सुरक्षा

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस लगायत विपक्षी दलहरू सर्वोच्च अदालत जाँदैछन् । प्रतिनिधि सभा विघटन गैर संवैधानिक भएको भन्दै पुनर्बहालीको मागसहित विपक्षी गठबन्धनले सर्वोच्च अदालत जाने तयारी गरेको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय शनिवार गरेका थिए ।  विपक्षी दलहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरूसहित सर्वोच्च जान लागेका हुन् । सर्वोच्च अदालत ...