बंगलादेश विद्युत् निर्यात : ८ रुपैयाँभन्दा माथि र ९ रुपैयाँभन्दा तलको औसत मूल्यमा किनबेच सहमति

काठमाडौं । नेपाल र बंगलादेशबीच नेपालबाट निर्यात हुने बिजुलीको मूल्यमा सहमति भएको छ । नेपालको प्रस्तावभित्रै रहेर बंगलादेश प्रतियुनिट मूल्यमा सहमत भएको हो । ऊर्जा मन्त्रालय र बंगलादेशका अधिकारीबीच हालै भएको छलफलमा मूल्यमा सहमति जुटेको मन्त्रालय स्रोतले पुष्टि गरेको छ । यही फागुन ९ गते नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश निर्यात हुने बिजुलीको मूल्य टुंगो लगाउन ढाका पुगेको थियो । त्यसबेला नेपालले प्रतियुनिट मूल्य ८ रुपैयाँ ९६ पैसादेखि ९ रुपैयाँ २८ पैसासम्म प्रस्ताव गरेको थियो । यसमा सहमति नजुटेपछि प्राधिकरण टोली भोलिपल्टै स्वदेश फर्किएको थियो । हालै भएको दुईपक्षीय छलफलमा नेपालले प्रस्ताव गरेको मूल्यको बीचमा रहेर प्रतियुनिट मूल्य निर्धारण गरिएको स्रोतले जानकारी दियो । नेपाल आउँदो वर्षायाममा ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गर्ने तयारीमा छ ।  ‘नेपालले प्रस्ताव गरेकै ८ रुपैयाँदेखि माथि र ९ रुपैयाँभन्दा तलको औसत मूल्यमा सहमति जुटेको हो । मूल्यमा सहमति भइसके पनि सम्झौतापत्रमा हस्ताक्षरको काम बाँकी नै रहेकाले अहिल नै निश्चित भएको मूल्य खुलाउन मिल्दैन,’ स्रोतले आर्थिक अभियानसँग भन्यो । मूल्यमा सहमति जुटेसँगै नेपालबाट आगामी बर्खादेखि बंगलादेशमा विद्युत् निर्यातको बाटो खुलेको छ । यसअघि गत जेठमा बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न बंगलादेश सहमत भएको थियो । ऊर्जा मन्त्रालयका सहसचिव नवीनराज सिंहले विद्युत् विक्रीदरमा सहमति जुटेको स्वीकार गर्दै अबको १ महीनाभित्रै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको बताए । सम्झौतापत्रमा हस्ताक्षरको विषयमा मन्त्रालय र प्राधिकरणको टोलीसँग बंगलादेशका अधिकारीहरूले अनौपचारिक रुपमा छलफल गरिरहेको उनले बताए । बंगलादेशी सञ्चारमाध्यमका अनुसार गत साता बंगलादेशी ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले अर्को महीना नेपालबाट विद्युत् आयात गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने बताएका छन् । उनले यही फागुन २२ गते बंगलादेशस्थित भारतीय उच्च आयोगका अधिकारी प्रणय वर्मासँगको भेटवार्ताका क्रममा यस्तो बताएका हुन् । उनले छिमेकी मुलुकबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने बताउँदै भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट विद्युत् आयात गर्ने विषय पनि लगभग अन्तिम चरणमा पुगेको र नवीकरणीय ऊर्जा आयातको काम पनि भइरहेको बताएका थिए ।  बंगलादेशी मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक मामिलासम्बन्धी समितिको गत मङ्सिर २० गतेको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यसअघि नै भारतले राजनीतिक र कर्मचारी तहमा लामो छलफलपछि ढल्केवर मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिने सहमति जनाइसकेको छ । भारतीय प्रसारण लाइन प्रयोग गर्दै बंगलादेशसम्म विद्युत् निर्यात गर्दा लाग्ने ह्वीलिङ चार्ज बंगलादेशले बेहार्नेछ । भारत र बंगलादेशबीचको उच्च भोल्टेज बहरामपुर–भेरामारा अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालको बिजुली बंगलादेश पुग्नेछ ।  

सम्बन्धित सामग्री

चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात

काठमाडौँ, ७ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९/८० को सोही […]

यसपालि पनि बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना अधुरै

मनसुन (बर्खा) सकिएसँगै नेपालले विद्युत् निर्यात गर्न सक्ने मौसम पनि सकिँदै छ । अब नेपाल विद्युत् प्राधिकरणले करिब दुई महिना मात्रै विद्युत् निर्यात गर्न सक्छ । तर, आवश्यक प्रक्रिया नटुंगिँदा यही सिजनमा...

विद्युत् निर्यात सुरु, खेर जाने जोखिम कायमै

काठमाडौं, जेठ १४ । नेपाल विद्युत् प्राधिकरणले यो वर्षको विद्युत् निर्यात सुरु गरेको छ । वर्षासँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएपछि प्राधिकरणले शनिबारदेखि विद्युत् निर्यात सुरु गरेको हो । प्राधिकरणले शनिबार राति छ सय मेगावाट आवर विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । […]

हिउँद लागेसँगै बन्द भयो विद्युत् निर्यात, आन्तरिक माग धान्न आयात

हिउँद लागेर आन्तरिक उत्पादन घटेपछि भारततर्फ गरिने विद्युत् निर्यात बन्द भएको छ । नेपालले जेठयता ११ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार भारततर्फको विद्युत् निर्यात शून्य...

पाँच महिनामा दस अर्बको विद्युत् निर्यात

काठमाडौं, मंसिर ३ । नेपाल विद्युत् प्राधिकरणले साढे पाँच महिनाको अवधिमा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ। गत जेठ १९ गतेदेखि विद्युत् निर्यात गर्न थालेको प्राधिकरणले कात्तिकसम्ममा एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् निर्यात गरी उक्त रकम आर्जन गरेको हो। भारतीय मुद्रामा कारोबार हुने भएकाले […]

विद्युत् निर्यात गर्ने उद्देश्य प्राधिकरणको नभएको दाबी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत् निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् ।मंगलवार सुन्दर यातायात प्रालिले आयोजना गरेको विद्युत्ीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत्् प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत् निर्यात गर्ने नभई नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे । उनले […]

दुई महिनामा साढे चार अर्बको विद्युत् निर्यात

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा नेपालले साढे चार अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ । साउन र भदौमा चार अर्ब ४३ करोड ५२ लाख रुपैयाँबराबरको विद्युत् निर्यात गरेको...

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल

ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । “हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भनिन्, “जलविद्युत् […]

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल

चितवन । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । ‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,’ मन्त्री […]

भारतमुखी विद्युत् निर्यात सम्झौता

हालै नेपाल सरकारले भारतसित विद्युत् निर्यात गर्ने एउटा अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्ने र अर्काे भारतको ऊर्जा विनिमय बजारमा बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार हामी आमनेपालीले...