पद बहालीपछि उपसभामुख भुसालले भनिन्– सदन प्रभावकारी ढंगबाट अघि बढाउने प्रयास गर्छु

नवनिर्वाचित प्रतिनिधिकी उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताएकी छन् ।  आइतबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उपसभामुख भुसालले आफूमाथि जिम्मेवारी बढेको महशुस गरेको प्रतिक्रिया पनि दिइन् ।‘संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारवाही अघि बढाउनेछु’,उनले भनिन्, ‘र सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास रहन्छ । तीन चार महिना जति समय छ, त्यो समय मेरो लागि