काठमाण्डाै – गएकाे आर्थिक वर्ष २०७९/८० मा नेपालको व्यापार घाटा साढे १४ खर्ब रुपैयाँभन्दा बढी छ । अर्थात् देशमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थितरूपले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र विस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।
यद्यपि केही यस्तो वस्तुहरू छन् जसको निर्यातबाट नेपालले राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैँचा, अलैँची, अम्रिसो, कुकुर तथा बिरालाेको खाना, यार्साग...