रुबी खानलाई बिहीवारसम्म अदालत उपस्थित गराउन आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले रुबी खानलाई पर्सि २८ बिहीबार उपस्थित गराउन आदेश दिएको छ । गएको शुक्रवार प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरी रुबीलाई नेपालगञ्ज पठाएको थियो ।उनको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईले आउँदो बिहीवार बिहान रुबीलाई अदालतमा उपस्थित गराउन आदेश दिनुभएको हो ।रुबीले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा अनशन सुरु गर्नुभएको छ । यो मुद्दामा सुनुवाइ नभएसम्मका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिर...