काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सरकार गठन गरेको एक महिना बित्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मात्रै मन्त्री छन्। बैठक आज दिउँसो ३ बजे बालुवाटारमा म बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। बैठक नियमित भएकाले कोरोना महामारी रोकथाम र सरकारका कामकारबाही मात्रै एजेण्डा रहेको बताइएको छ। सर्वोच्च अदालतको परमादेशमा गत असार २९ गते प्रधान