नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले बिहीबार अर्थात् भदौ २३ गते रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले सो बारे जानकारी दिएको छ । १४ दिनका लागि जारी हुने रिपो आगामी असोज ६ गते परिपक्व हुनेछ । इच्छुक क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रक्रिया पु¥याएर रिपोका लागि आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० करोडदेखि माथि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको लागि आवेदन दिन सक्नेछन्