जनकपुरधाम- तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले गठबन्धन सरकारले ल्याएको न्युनतम साझा कार्यक्रमप्रति आपत्ति जनाएको छ। शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष वृषेशचन्द्र लालले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिक ऐन पारित गर्ने भनेकाले यसले नागरिकताको विषय अझै जालझेल, ढिलाइ, अल्मलाइराख्ने र विवादस्पद बनाइराख्न षडयन्त्र रचिरहेको आरोप लगाए। अध्यक्ष लालले भने, ‘दुई-दुई पटक सदनबाट […]