बुद्ध एयर चढ्नेले अन्नपूर्ण केबलकारको टिकटमा विशेष छुट पाउने

बुद्ध एयरको बोर्डिङ पास अर्थात् टिकटमा अब सेवाग्राहीले अन्नपूर्ण केबलकारमा समेत विशेष छुट पाउने भएका छन् । बुद्ध एयर र पोखरास्थित अन्नपूर्ण केबलकारबीच हालैमात्र व्यवसायिक साझेदारीको सम्झौता भएको हो । सम्झौता अनुसार बुद्ध एयर चढ्ने प्रत्येक यात्रुले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने छन् । बुद्ध एयर चढ्ने यात्रुले बोर्डिङ पासमा नै केबलकारको टिकट छुटको कुपन पाउने छन् । तर, यात्रुहरुले बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोग गरेमात्र सो सुविधा उपभोग गर्न पाउने कम्पन