पूर्णबहादुरले बुझे विशेष महाधिवेशन मागिएको हस्ताक्षर

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा संकलन भएको हस्ताक्षर बुझाइएको छ । विशेष महाधिवशेन पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका हुन् ।  कांग्रेसका नेता गुरुराज घिमिरेले देशभरबाट संकलित २ हजार ४ सय ८८ हस्ताक्षर बुझाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा देशभरबाट ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका थिए ।  कांग्रेस विधानमा...