८० वर्षमाथिका नागरिकलाई हवाई टिकटमा ८० प्रतिशत छुट दिइने

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ८० वर्षभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ८० प्रतिशत छुट दिने निर्णय गरेको छ। २ कात्तिकमा भएको प्राधिकरण, वायुसेवा सञ्चालक संघ तथा वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिहरूबीचको बैठकले सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा छुट व्यवस्था गर्ने सहमति गरेको हो। यस्तै ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई ५० प्रतिशत र ७५ वर्षभन्दा माथिकालाई […]