विश्वव्यापी खाद्य संकट वर्षाैँ रहन सक्छ : विश्व बैंक

कोभिड–१९ महामारीको सिर्जित संकटबाट छुटकारा नपाउँदै युक्रेन युद्धको संकट थपिएपछि विश्वमा खाद्य संकट देखापरेको छ । यससँगै विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय समुदायले जारी खाद्य संकट न्यूनीकरणका उपाय खोज्ने प्रयास थालेका छन् । विश्व...

सम्बन्धित सामग्री

विश्वको खाद्य संकट सम्बोधन गर्न ३० अर्ब डलर खर्चदैं विश्व बैंक

जेठ ५, वाशिङटन डीसी (अमेरिका) । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्वभर बढेको खाद सुरक्षा संकट साम्य पार्न ३० अर्ब डलर खर्च गर्ने भएको छ । युक्रेनमाथिको आक्रमणका कारण यी दुई देशबाट हुने अधिकांश अन्नको निर्यात ठप्प भएको छ । ‘खाद्यान्नको मूल्यमा भइरहेको वृद्धिले गरिब र सबैभन्दा दयनीय अवस्थामा रहेकाहरुमाथि विनाशकारी पभाव पारिरहेको छ,’ विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले एउटा विज्ञप्तिमा भनेका छन् । बजारलाई सुसूचित गर्न र स्थिर बनाउन देशहरुले युक्रेनमाथि रुसले आक्रमण गरेपछि भावी उत्पादनमा गर्न लागेको वृद्धिबारे स्पगट रुपमा जानकारी दिनुु पर्ने पनि उनले बताए ।  बैंकले उपलब्ध गराउन लागेको रकममा १२ अर्ब डलर नयाँ परियोजनामा खर्च गरिनेछ । १८ अर्ब चाँहि पारित गरिसकेको तथा वितरण हुन बाँकी रहेका विद्यमान खाद्य तथा पोणसम्बन्धी परियोजनामा लगाइनेछ । नयाँ परियोजनाले गरिबहरुमाथि उच्च महँगीको प्रभाव कम गर्न कृषि, सामाजिक सुरक्षा, जल तथा सिंचाइ परियोजनालाई टेवा दिने अपेक्षा गरिएको बैंकले भनेको छ । यो मध्ये अधिकांश रकम अफ्रिका, मध्य पूर्व, पूर्वी यूरोप र मध्य एशिया र दक्षिण एशियामा खर्च गरिने बताइएको छ । युक्रेन युद्धको कारण अन्नको आपूर्तिमा देखिएको प्रभावको मारमा सबैभन्दा धेरै यिनै क्षेत्र परेका छन् । रुसले कृष्ण सागरबाट युक्रेनको कृषि निर्यात रोकेको पछि युक्रेन र रुसबाट आयात हुने गहुँमा निर्भर इजिप्ट लगायत देशहरु मारमा परेका छन् । यी देशहरुले घरेलु स्तरमा आपूर्ति सुनिश्चित गर्न आफ्नो निर्यातमा पनि प्रतिबन्ध लगाएका छन् । पुनर्निर्माण र विकासका लागि यूरोपेली बैंकले पनि खाद्य सुरक्षा र कृषि तथा खाद्य सामाग्रीको व्यापारका लागि ५० करोड यूरो उपलब्ध गराउँदैछ । यो मध्ये २० करोड यूरो युक्रेन र ३० करोड यूरो उसका छिमेकी देशहरुलाई उपलब्ध गराइनेछ । अन्तरराष्ट्रिय मुद्रा कोषले  पनि आफ्ना सामान्य च्यानलहरुमार्फत वित्तीय टेवा दिँदैछ । एजेन्सी