प्रमोद खरेलको 'तिमी बोलाउ मात्र' सार्वजनिक

काठमाडौं : गायक प्रमोद खरेलको स्वरमा सजिएको 'तिमी बोलाउ मात्र' बोलको गजल सार्वजनिक भएको छ।  नवलपुरको आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित ह्याप्पी एफ एमले निर्माण गरेको सो गजललाई ह्याप्पी टाइम्स टिभी मार्फत रिलोज गरिएको हो। गजलमा तिलक बम मल्लको संगीत रहेको छ। सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशिलले लेखेका हुन्। नवलपुरको देवचुली नगरपालिकाको विभिन्न ठाउँमा सुटिङ गरिएको सो गजलमा प्रेमिल जोडीको वियोगान्त प्रेम कथालाई देखाउन खोजिएको छ।सो गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर