मन्त्रिपरिषद् निर्णय : ३ जना डीआईजीको बढुवा, यौन हिंसा र एसिड आक्रमण विरुद्ध अध्यादेश ल्याइने

चैत १७, काठमाडौं । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सोही बैठकले यौन हिंसाविरुद्धको अध्यादेश तथा तेजाब आक्रमणविरुद्धको अध्यादेश पनि जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । यसैगरी सोही बैठकले गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

कैदीलाई आममाफी दिइएकोप्रति ओलीको आपत्ति, भन्छन् – न्याय भनेको यही हो?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गरेका छन्। उनले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोके पनि सरकारले छोडेकोप्रति आपत्ति जनाए। उनले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताए। उनले हिंसात्मक घटनालाई प्रोत्साहित गर्ने गरी अपराधीलाई कैद मिनाहा गरेको बताए। […]

सरकारले तेजाब आक्रमण र यौन सिंहसाविरुद्ध अध्यादेश ल्याउने

मन्त्रिपरिषदले तेजाब आक्रमण र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ। एसिड आक्रमण गर्नेलाई  कडा कारबाही, पीडितको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न उक्त अध्यादेश ल्याउन लागिएको हो। मन्त्रिपरिषदको सिफारिसमा ती...

पायलमाथि एसिड आक्रमण

बलिउड अभिनेत्री पायल घोषले आफूमाथि केही व्यक्तिबाट हमला भएको र एसिड आक्रमणको प्रयास गरेको दाबी गरेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै उनले आफू औषधि खरिद गरेर कारमा घर फर्कंदै गर्दा रातको १० बजे मास्क लगाएका केही अञ्जान व्यक्तिले आफूलाई रड प्रहार गरेको र छल्न खोज्दा आफ्नो हातमा रड लागेर चोटसमेत लागेको जनाएकी […]

पत्नीमाथि एसिड आक्रमण गर्ने युवकलाई साढे १० वर्ष कैद

जनकपुरधाम । धनुषामा पत्नीमाथि एसिड आक्रमण गर्ने युवकलाई अदालतले १० वर्ष ६ महिना कैद सजाय सुनाएको छ । यस्तै पीडितलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन र त्यति नै जरिवानाको सजाय पनि सुनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहले आफ्नै पत्नी आरती साहमाथि २०७७ कात्तिक २९ गते दीपावलीको दिन एसिड आक्रमण गरेका थिए […]

रुद्राक्षको बोटमा अज्ञात समुहकाे एसिड आक्रमण

संखुवासभा । धनकुटा महालक्ष्मी नगरपालिका –२ दमारमा अज्ञात समूहले रुद्राक्षको बोटमा विषादी हालेर १० लाख रुपैयाँ मूल्य बराबरको रुद्राक्षमा क्षति पु¥याएको छ । अज्ञात समूहले महालक्ष्मी –२ दमार मारेकटहरेका स्थानीय कृषक डम्बर पौडेललेको रुद्राक्ष बगानमा विषादी हालेर १० लाख रुपैयाँ बराबरको क्षति पु¥याएको पीडित पौडेलले बताए । रुद्राक्षको एउटै दाना लाखौ मूल्यका किनबेच हुने गरेको […] The post रुद्राक्षको बोटमा अज्ञात समुहकाे एसिड आक्रमण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुनसरीमा एसिड आक्रमण, दुई महिलासहित चार घाइते

सुनसरीमा एसिड आक्रमण भएको छ । सुनसरीमा एसिड आक्रमण हुँदा दुई महिला घाइते भएका सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एसिड आक्रमण पीडितको आजीवन निःशुल्क उपचार

काठमाडौं। एसिड आक्रमण परेका व्यक्तिको उपचार आजीवन निःशुल्क हुने भएको छ। ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि २०७८’ले एसिड आक्रमणसम्बन्धी सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च सरकारले व्येहोर्ने स्पष्ट पारेको छ। कार्यविधिअनुसार कस्मेटिक उपचार बाहेकका अन्यमा लागेको खर्च अस्पताललाई सरकारले सोधभर्ना गर्ने जनाएको छ।

आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको तथ्यांक सार्वजनिक

नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्यांकले देखाएको छ ।बदला लिन, प्रेम

बिहे प्रस्ताव नमानेपछि एसिड आक्रमण

नवलपरासीमा अर्की एक महिलामाथि छुरा प्रहार गरी एसिड छ्यापिएको छ। कावोसोती नगरपालिका १६ हर्वासीकी ३० वर्षीया वसन्ती परियारमाथि सोमबार साँझ एसिड आक्रमण गरिएको हो।