ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ ।
बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गर्नुभएको हो । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुनुहुन्छ । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बन्नुभएको छ । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो ।
प्रधानमन्...