डिजिटल रूपान्तरणमार्फत नागरिकलाई सशक्तिकरण गर्ने मन्त्री कार्कीको प्रतिज्ञा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल रूपान्तरणमार्फत नेपाली नागरिकलाई सशक्तिकरण गर्ने प्रतिबद्धता गर्नुभएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा जारी विश्व दूरसञ्चार विकास सम्मेलनलाई आज उहाँले सम्बोधन गर्दै सो प्रतिबद्धता गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । उहाँले विश्वव्यापी सेवा दायित्व कोष प्रयोग गरेर सम्पर्क सञ्जालमा नजोडिएकाहरूलाई जोड्न, […]