एजेन्सी– अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ। नूकस्थित अमेरिकी वाणिज्यदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। वाणिज्यदूतावासका अनुसार यो भ्रमण ग्रिनल्याण्ड सरकारको निमन्त्रणामा हुन लागेको हो। तर प्रतिनिधिमण्डलमा सहभागी हुने सबै सांसदको नाम सार्वजनिक गरिएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार सिनेटर लिसा मर्कोव्स्की भ्रमणमा सहभागी हुने अपेक्षा […]