काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन-जी मुभमेन्ट एलायन्स, नेपाल जेन-जी फ्रन्ट र जेन-जी सिभिक फोरमले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र आन्दोलनसँग सम्बन्धित घटनाबारे पारदर्शी जानकारी दिन सरकारसँग माग गरेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी