काठमाडाैं । तेश्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली न्युजिल्यान्ड विजयी भएकाे छ। शुक्रबार भएकाे खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेकाे हाे। यो जीतसँगै न्युजिल्यान्डले पाँच खेलको टी–२० शृङ्खला २–१ को अग्रता बनाएको हाे । दक्षिण अफ्रिकाले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो […]