काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी एस जयशङ्करसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा मन्त्री खनालले भारत नेपालको सबैभन्दा महत्त्वपूर्ण साझेदार भएको भन्दै भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । मन्त्री खनालले दुई देशबीचको सहकार्यलाई थप ठोस र अर्थपूर्ण रूपमा अगाडि बढाउन नेपाल पूर्ण रूपमा तयार रहेको बताए […]