ग्यासको कृत्रिम अभावदेखि खाद्यान्नको मूल्यवृद्धिसम्म, नियन्त्रण गर्न संसदमा सरकारमाथि दबाब

चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न तथा तेल, चिनी, दाल, चामललगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, कृत्रिम अभाव नियन्त्रण गर्न र उपभोक्तालाई सहुलियत दिन सरकारसँग माग गरेका हुन्। […]