गण्डकी– मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको स्याङ्जा जिल्लाको सिरुबारी गाउँ हो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लाका विशेषतः ग्रामीण भेगका घरबास सञ्चालन भएका छन् । कतिपय स्थानमा घरबास पर्यटनका कारण विगतमा सहर झरेका स्थानीयहरू पुनः गाउँ फर्कन थालेका छन् । घरबासका कारण ग्रामीण क्षेत्रका रमणीय स्थानहरू पर्यटनसँग जोडिन थालेका छन् […]