काठमाडौँ। रश्मीकुमारी घिसिङको निर्णायक गोलसँगै एपीएफ साफ क्लब महिला च्याम्पियनसिपको अंक तालिकामा शीर्षस्थानमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफले पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित गर्यो। एपीएफको यो दोस्रो जित हो। जितसँगै एपीएफले ३ खेलबाट ७ अंक पुर्याएको छ। एक खेल कम खेलेको भारतको इस्ट बंगला एफसीको भने ६ अंक छ। […]